विपिन जोशीको सकुशल रिहाइका लागि कूटनीतिक प्रयास जारी छः प्रधानमन्त्री प्रचण्ड

विपिन जोशीको सकुशल रिहाइका लागि कूटनीतिक प्रयास जारी छः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा विद्रोही समूह हमासको कब्जामा रहेका नेपाली विपिन जोशीको परिवारसँग भेटेका छन्। भेटका क्रममा प्रधानमन्त्रीले विपिनको सकुशल रिहाइका लागि पहल भइरहेको बताएका हुन्।

शुक्रबार सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि धनगढी पुगेका उनले बिहान धनगढी विमानस्थलमा जोशीका परिवारलाई भेटेका हुन्।त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा विपिनको छिटो उद्धार गरिदिन परिवारले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

Skip This
Skip This
Logo