नेपालले एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्ध पहिलो विकेट हात पारेको छ ।
संयुक्त अरब इमिरेट्स (युएई)को आइसिसी एकेडेमी ओझल–२ क्रिकेट मैदानमा नेपालले दिएको १५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले पहिलो ओभरमै विकेट गुमाएको हो । नेपालका लागि पहिलो ओभरको तेस्रो बलमा नेपालका गुल्सन झाले पाकिस्तानका ओपनर सामिल हुसैनलाई शून्य रनमै क्याच आउट गराएका हुन् ।
त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले ४७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५२ रनको योगफल बनाएकाे थियाे । नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे । उनले ७६ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५१ रनको योगदान दिए । त्यसैगरी दीपेश कँडेलले ३१ रन बनाए । उनले छैटौँ विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरे । कँडेलले ५९ बलमा २ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाए ।
ओपनर अर्जुन कुमालले २१ रन जोडे । उनले ३७ बलमा ३ चौका प्रहार गरे । खराब ब्याटिङ गरेको नेपालका लागि गुल्सन झा १ रनमै आउट भए । नेपालले १७ ओभरमा ४६ रन जोड्दा सुरुआती पाँच विकेट गुमाएको थियो ।
कप्तान देव खनालले १३ बल खेली शून्यमा आउट भए भने आकाश त्रिपाठी ६ रनमा आउट भए । तिलक भण्डारीले सात र सुवास भण्डारीले अविजित ८ रन बनाए ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका मोहम्मद जिशानले छ विकेट लिए । साथै अमिर हसनले दुई तथा उबेद शाह र अली असफन्दले समान एक/एक विकेट लिए ।































प्रतिक्रिया