गृहमन्त्री श्रेष्ठलाई भेट्न अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

गृहमन्त्री श्रेष्ठलाई भेट्न अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

केन्द्रबिन्दु
0
Shares

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अस्पताल पुगेर भेटेकी छिन्। शनिबार गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी पुगेर पूर्वराष्ट्रपति भण्डारीले मन्त्री श्रेष्ठलाई भेटेकी हुन्। 

भेटमा पूर्वराष्ट्रपति भण्डारीले मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै उनलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना दिएकी थिइन्। हाल उनको गंगालालको सघन उपचार कक्षमा उपचार भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ।

Skip This
Skip This
Logo