फ्रयाङ्कफर्टसँग बायर्न ५-१ ले पराजित

फ्रयाङ्कफर्टसँग बायर्न ५-१ ले पराजित

केन्द्रबिन्दु
0
Shares

जर्मनी बुण्डेसलिगा अन्तर्गत इन्ट्रान्च फ्रयाङ्कफर्टले बायर्न म्युनिखमाथि शानदार जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा फ्रयाङ्कफर्टले बायर्न म्युनिखलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

फ्रयाङ्कफर्टको जितमा एरिक जुनियर डिना एबिम्बेले २ गोल गरेका थिए भने ओमार मारमोउस, हुगो लार्सन र अन्सगर नाउफले एक एक गोल गरेका थिए। त्यसैगरी बायर्न म्युनिखका लागि एक गोल जोशुआ किमिचले गरेका थिए।

फ्रयाङ्कफर्टको यो जितपछि १४ खेलमा २१ अंक भएको छ र लिगमा सातौ स्थानमा रहेको छ। त्यसैगरी बायर्न म्युनिखको भने यो यस सिजनमा पहिलो हार हो। १३ खेलमा ३२ अंक रहेको बायर्न यो खेलपछि लिगमा दोस्रो स्थानमा रहेको छ। शिर्ष स्थानमा रहेको लिभरलुसेन बायर्न भन्दा ३ अंकले अगाडी छ।

Skip This
Skip This
Logo