‘फागुन सम्ममा कोरोना नियन्त्रण हुन्छ’ : प्रधानमन्त्री

‘फागुन सम्ममा कोरोना नियन्त्रण हुन्छ’ : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी र भारतसँग भएको महाकाली सन्धिको बचाउ गरेका छन् । बिहीबार राष्ट्रिय सभाको वैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमसीसीको पूर्णपाठ पढेर मात्र विरोध गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले एमसीसी पारित भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने कल्पना छाड्न आग्रह गर्दै भावि पुस्ताले विकासको रुप देख्न पाउने बताए । प्रधानमन्त्री ओलीले भारतसँग भएको महाकाली सन्धिको पनि प्रतिरक्षा गर्दै सन्धिमा नेपाल कहिं पनि नचुकेको बताएका छन् । ओलीले सन्धिको पाना पल्टाएर पढ्न र हेर्न चुनौति दिदै नेपाल र भारतको सीमाना पनि त्यो सन्धिमा प्रष्ट उल्लेख भएको बताए ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस नियन्त्रणका क्रममा खर्च भएको भनिएको १० अर्ब क्वारेन्टाइन व्यवस्थापन लगायतका ठाउँमा खर्च भएको बताए । १० अर्ब भन्दा केही रकम विभिन्न निकायमा खर्चका लागि पठाइएको बताउँदै उनले त्यसको पनि विभिन्न सञ्चार माध्यममा हिसाब किताब नै आइसकेको भन्दै गुनासो पोखे ।

त्यस्तै प्रधानमन्त्री ओलीले साउनको अन्तिम र भदौको सुरुमा कोरोना संक्रमणको उच्चतम बिन्दूमा पुग्न सक्ने बताएका छन् । उनले त्यसपछि दशैं, तिहार र छठ लगायतका चार्डबाडपछि मंसिरमा फेरि चर्कन सक्ने बताएका छन् । उनले मंसिरको अन्तिममा बढेको कोरोनाको ग्राफ फागुनमा बल्ल तल घट्ने बताए । अहिलेसम्म मृत्यु भएका सबै कोरोनाकै कारण मृत्यु नभएको दाबी गर्दै प्रधानमन्त्री ओलीले दुई तीन जनाको मात्र कोरोनाबाट मृत्यु भएको बताए ।

Skip This
Skip This
Logo