प्रकाश सपुत र डिबी खड्काको शब्दमा ‘पर-पर छु २ः खुले कुरा गरौं’ सार्वजनिक

प्रकाश सपुत र डिबी खड्काको शब्दमा ‘पर-पर छु २ः खुले कुरा गरौं’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

चर्चित गायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ। समाजमा रहेका कुचलनविरुद्ध कलार्फत् सचेतना जगाउँदै आएका गायक तथा कलाकार प्रकाशले महिनावारीको समयमा हुने विभेदलाई लिएर नयाँ गीत ल्याएका हुन्।

शु्क्रबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको ‘पर (पर छु २ः खुले कुरा गरौँ’ बोलको यो गीत देशका विभिन्न भू-भागमा रहेको महिनावारीबारे भ्रम र सुदूरपश्चिममा व्याप्त छाउपडी प्रथाविरूद्ध चेतना जगाउन तयार पारिएको हो।

सपुतले गीत सिर्जनामा पत्रकार डिबी खड्कासँग सहकार्य गरेका छन्। सपुत र खड्काले संयुक्त रुपमा लेखेको गीतमा प्रकाशसँगै तुलसी बोहरा, रेखा जोशी र सुनिता बुढा क्षेत्रीले स्वर  भरेका छन्।

सुनिल विकले निर्देशन गरेको भिडियोको अवधारणा प्रकाशकै रहेको छ। भिडियोमा अभिनेत्री केकी अधिकारी,  सेविता अधिकारी,  रेखा जोशी र प्रकाश सपुत आफैंले अभिनय गरेका छन्।

Skip This
Skip This
Logo