काठमाडौं ।
भारतले नेपालमाथि हेपाहा प्रवृति देखाई वार्तामा बस्न नचाहेको राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले बताए ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा संविधान संशोधन विधेयकमाथिको छलफलमा श्रेष्ठले भारतको हेपाहा प्रवृतिका कारण वार्ता हुन नसकेको बताएका हुन् । नेपालको भूमि मिचेर नक्सा सार्वजनिक गरेको भारतलाई नेपालले पटक पटक कुटनीतिक वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेपनि भारतले नचाहेको उनको भनाइ थियो ।
उनले भारतका थुप्रै कुटनीतिक व्यक्तिहरुले समेत नेपालसँग वार्ता नगर्नु भारतको गल्ति भएको बताएको उल्लेख गर्दै भारतलाई ऐतिहासिक तथ्यको आधारमा निष्कर्षमा छिटो पुग्न समेत आग्रह गरे । उनले भारतले नेपालको भूभाग समेटेर नयाँ नक्सा समावेस गर्न संविधान संशोधन गर्न हुने तर नेपालले संविधान संशोधन गर्दा वनाएको वातावरण विग्रिएको भन्नु हेपाहा प्रवृति भएको बताए ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको अतिक्रमित भूमि फिर्ता गर्न ऐतिहासिक तथ्य र प्रमाणको आधारमा मात्रै भनिएको उनले बताए । तीनवटा ऐतिहासिक आधारमा त्यस क्षेत्रको भूमि नेपालको भएको स्पस्ट हुने श्रेष्ठले बताए । सन् १८१६ को सुगौली सन्धिमा काली नदीदेखि पश्चिम भारतको र पूर्वको भूभाग नेपालको भनिएको र लिम्पियाधुराबाट बग्ने नदी नै काली नदी हो भन्ने स्पस्ट रहेको बताए । त्यस्तै नोभेम्बर २०१९ मा भारतले जारी गरेको नक्सामा पनि काली नदी उल्लेख भएको र सात दिन पछि फेरी काली नदी हटाएर परिवर्तन गर्नुले भारतको नियत स्पस्ट भएको बताए ।































प्रतिक्रिया