लोकसेवा आयोगले खोल्यो २६२ शाखा अधिकृतको विज्ञापन

लोकसेवा आयोगले खोल्यो २६२ शाखा अधिकृतको विज्ञापन

केन्द्रबिन्दु
6
Shares

लोकसेवा आयोगले ठुलो सङ्ख्यामा राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)को विज्ञापन खोलेको छ। आयोगले आज एक सूचना जारी गर्दै अप्राविधिक तर्फको शाखा अधिकृतमा विज्ञापन खोलेको हो।

सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानून र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २ सय ६२ जनाका लागि विज्ञापन खोलिएको छ।  

दरखास्त दिने अन्तिम मिति पुस १७ गते सम्म तोकिएको छ। दोब्बर दस्तुरमा पुस २४ गतेसम्म दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ।

Skip This
Skip This
Logo