कंग्रेसले युक्रेन सहायता रोके पनि अमेरिका साथमा रहन्छः राष्ट्रपति बाइडेन

कंग्रेसले युक्रेन सहायता रोके पनि अमेरिका साथमा रहन्छः राष्ट्रपति बाइडेन

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सैन्य सहायता प्रदान गर्ने प्रस्ताव अमेरिकी कंग्रेसबाट अस्वीकृत भएको अवस्थामा पनि अमेरिकाले युक्रेनको साथ नछाड्ने बताएका छन्।

अमेरिकी कंग्रेसमा रिपब्लिकनहरूले ६० अर्ब डलरको सैन्य सहायता रोक्न खोजे पनि बाइडेन युक्रेनको साथमा देखिएका हुन्। मंगलबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटमा बाइडेनले युक्रेनको साथ दिने बताए। 

‘युक्रेनले रुसी आक्रमण विरुद्ध आफ्नो रक्षा गरिरहेको छ। र कुनै पनि सार्वभौम देशलाई त्यसो गर्ने अधिकार छ। कुनै पनि देशको सार्वभौमसत्ता र अखण्डता अक्षुण्ण रहनुपर्छ भन्ने हाम्रो मान्यता हो। यदि अमेरिकाले युक्रेनलाई सहयोग गरिरहेको छ भने त्यसको पछाडिको एउटै कारण हो कि संसारको कुनै पनि देशले अरु कुनै देशलाई कब्जा गर्ने प्रयास गर्नु हुँदैन,’बाइडेनले भनेका छन्।

उनले रुसको अत्याचारको विश्व जगत नै साक्षी रहेकाले यसलाई जसरी पनि परास्त गर्ने उल्लेख गरे। भेटमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पनि रुसविरुद्धको लडाइमा आफूहरुको जित हुने धारणा राखे।

रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गर्दा युद्ध अधिकतम एक हप्तासम्म चल्ने दाबी गरिएको थियो। तर, युद्ध आजसम्म जारी छ। जहाँ पुटिनले रुसी आक्रमणलाई औचित्य पुष्टि गर्नका लागि सबै हर्कत गरिरहेका छन् भने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यसलाई सार्वभौम राष्ट्रमाथिको आक्रमण भन्दै आएका छन्।

दुई देशबीचको युद्ध भएको २१ महिना बितिसकेको छ। रुस युक्रेन युद्धलाई लिएर अहिले खास गरेर ३ वटा प्रश्नहरुको चर्चा हुने गरेको छ। पहिलो शक्तिशाली रुसले युद्धलाई आफ्नो पक्षमा मोड्न नसकेको हो? दोस्रो यो युद्धमा युक्रेन कसरी रहन्छ? तेस्रो अमेरिका के चाहन्छ? यी तीनवटै प्रश्नको उत्तर एकअर्कासँग सम्बन्धित छ। यी सबैको बीचमा अमेरिकाले युक्रेनी सहायतालाई यदि कंग्रेसले प्रस्ताव अस्वीकार गर्छ भने यो पुटिनका लागि क्रिसमस उपहार नै हुनेछ।

Skip This
Skip This
Logo