काठमाडौं ।
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आज विहानसम्म ४ लाख ५१ हजार २६३ पुगेको छ ।
चीनको उहानबाट गतवर्षको अन्त्यदेखि शुरु भएको यस संक्रमणबाट ६ महिनाको अवधिमा संक्रमण हुनेहरुको संख्या ८४ लाख १२९ पुगेको छ ।
गएको २४ घण्टामा १ लाख ४१ हजार २ सय ५७ नयाँ संक्रमित थपिएका छन् । संक्रमित मध्ये ४४ लाख १४ हजार ९ सय ९१ जना उपचारपछि निको भएका छन् ।
यस्तै ३५ लाख ३३ हजार ८७५ जनाको उपचार भइरहेको छ भने ५४ हजार ४५२ जनाको अवस्था गम्भिर रहेको छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख १९ हजार ९४१ पुगेको छ । २२ लाख ३४ हजार ४ सय ७१ जना संक्रमित भएका छन् ।
कोरोनाबाट युरोपियन मुलुकहरुमा १ लाख ८४ हजार ६५९, उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४८ हजार ७७९, एसियाली मुलुकहरुमा ४४ हजार ५५८, दक्षिण अमेरिकी मुलुकहरुमा ६५ हजार ६८ जना, अफ्रिकी मुलुकहरुमा ७ हजार २४९ जना र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ ।





























प्रतिक्रिया