काठमाडौँ महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ।
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ४ बमोजिम प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरको स्वास्थ्य विभागले यही मङ्सिर १२ गते सार्वजनिक सूचनाजारी गरेको थियो।
जसअनुसार बुधबारबाट काठमाडौँ महानगरभित्र रहेका शिक्षण संस्था, विमानस्थल, बालकल्यान, गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्ट, छात्रावास,व्यामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला,प्रतिक्षालयसहितका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थलाई निषेध गरिएको छ।
कसैले अवज्ञा गरेर बिक्री वितरण गरेको पाइए महानगर प्रहरीमार्फत जफत गरी कानूनअनुसार अधिकतम सजाय गरिने पनि महानगरको चेतावनी छ। व्यवस्थाको उलंघन गरेको पाइएमा काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० को दफा ५३ (२)अनुसार २५ हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना तिर्न लगाइनेछ।
महानगरपालिकाको निर्णयलाई अंगीकार गर्दै केन्द्रबिन्दु टोलीले नयाँ बानेश्वर आसपासका साना तथा मझौला व्यापारीहरुसँग बालेनको निर्णयलाई कसरी लिएका छन् त ? भनेर सोधेका छौंँ। व्यापारीको नजरमा बालेनको नियर्ण कति सहि कती गलत? सुर्ती जन्य पदार्थ प्रतिबन्धमा सफल होलान त बालेन ? हेरौं, के भन्छन् व्यापारीहरु































प्रतिक्रिया