प्रधानमन्त्री नातिनी प्रतिभाको विवाह आज, १ हजारलाई निम्ता

प्रधानमन्त्री नातिनी प्रतिभाको विवाह आज, १ हजारलाई निम्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठक विवाहको बिहे आज हुँदैछ। 

विवाह पाँच तारे होटल गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ।  उनको विवाह गोरखाका विज्ञानबाबु रेग्मीसँग हुन लागेको हो। उनीहरुबीच मंसिर १२ गते टीकाटालो भएको थियो। आजको विवाह समारोहमा १ हजारभन्दा बढीलाई निम्ता गरिएको छ। 

प्रतिभाले बेलायतबाट उच्च शिक्षा प्राप्त गरेकी हुन् भने विज्ञान स्वीजरल्याण्डमा बस्दै आएका छन्। उनले अक्सफोर्ड विश्वविद्यालयबाट ‘इकोनोमिक डेभलपमेन्ट’ मा स्नातकोत्तर गरेका छन्। 

Skip This
Skip This
Logo