आज पनि सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुदैँछ कारोबार ?

आज पनि सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुदैँछ कारोबार ?

केन्द्रबिन्दु
0
Shares

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनचाँदीको मूल्य बढेको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५५० रुपैयाँ तोकिएको छ । विहिबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत बढेको महासंघले जनाएको छ । हिजो बिहीबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । यससँगै, आज चाँदीको कारोबार प्रतितोला १४ सय ७० रुपैयाँमा भइरहेको छ । हिजो यसको बिक्री मूल्य तोलामा १४ सय ५५ रुपैयाँ थियो ।

Logo