नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्यो : सडक अवरुद्ध (भिडियोसहित)

नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्यो : सडक अवरुद्ध (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

चितवन ।

नारायणगढ मुग्लिन सडकखण्डको चार किलोमा पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार आज साँझ पहिरो पन्छाए लगत्तै पुनःसोही ठाउँमा पहिरो खसेको हो ।

इच्छाकामना गाउँपालिका वडा नं ६ मा बिहान ४ः१५ बजे पहिरो खसेको थियो । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सो सडकमा पहिराले ४५ मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको भए पनि पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको उहाँले जानकारी दिनुभयो । आज बिहानबाटै सो सडक अवरुद्ध भएपछि सवारी साधनको लामो लाइन लागेको छ ।

 

Skip This
Skip This
Logo