श्रीलंकाको आर्थिक वृद्धिदर सकारात्मक

श्रीलंकाको आर्थिक वृद्धिदर सकारात्मक

केन्द्रबिन्दु
0
Shares

श्रीलंकामा आर्थिक सुधार हुँदै गएको छ। दुई वर्षअघि आर्थिक संकटले घेरिएको श्रीलंकामा पहिलो पटक मुलुकको आर्थिक वृद्धिदर सकारात्मक देखिएको हो। 

श्रीलंकाली अधिकारीले आर्थिक वृद्धि भएकोमा खुशी व्यक्त गर्दै सोचेभन्दा पहिले नै स्थिरता प्राप्त भएको बताएका छन्। श्रीलंकाको जीडीपीले गत वर्षको तुलनामा २०२३ को तेस्रो त्रैमासिकमा १.६ प्रतिशतले वृद्धि गरेको छ। 

श्रीलंकाको जनगणना तथा तथ्याङ्क विभागले शनिबार यो प्रतिवेदन सार्वजनिक गरेको हो। विभागले सार्वजनिक गरेको दोस्रो त्रैमासको राष्ट्रिय लेखाअनुसार गत वर्षको पहिलो त्रैमासिकमा सुरु भएको मन्दीबाट अर्थतन्त्र उभिएको हो। 

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिङ्घेले अर्थतन्त्रमा कृषि, उद्योग र सेवा गरी तीनवटा प्रमुख क्षेत्र रहेको बताए। तेस्रो त्रैमासमा कृषि क्षेत्र ३.० प्रतिशत, उद्योग ०.३ प्रतिशत र सेवा क्षेत्र १.३ प्रतिशतले वृद्धि भएको छ। 

अघिल्लो त्रैमासिकमा १२.६ प्रतिशतले वृद्धि भएपछि गैरकर अनुदान १३.६ प्रतिशतले बढेको थियो। वीरासिङ्घेले सोचेभन्दा पहिले नै आर्थिक वृद्धिदर दर्ता भएको बताए।

विदेशी मुद्रा सञ्चितिको गम्भीर अभावका कारण श्रीलंका सबैभन्दा खराब आर्थिक संकटको चपेटामा परेको थियो। सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक मुलुक सबैभन्दा खराब अवस्थाबाट गुज्रिएको थियो। तर अहिले क्रमशः आर्थिक अवस्थामा सुधार आउन थालेको छ।

Skip This
Skip This
Logo