साताकाे पहिलाे काराेवार दिन आज सुनकाे मूल्य घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १३ सय रूपैयाँले घटेकाे हाे। यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २ सय ५० रुपैयाँ तोकिएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेकाे छ। शुक्रबार १ हजार ४ सय ७० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १५ रूपैयाँले घटेर १ हजार ४ सय ५५ रुपैयाँमा काराेवार भइरहेको छ।





























प्रतिक्रिया