एनएसएलः काठमाडौँसँग धनगढीको बराबरी

एनएसएलः काठमाडौँसँग धनगढीको बराबरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत सोमवार भएको धनगढी एफसी र काठमाडौँ रेजर्सबीचको खेल बराबरीमा सकिएको छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सम्पन्न खेलमा धनगढी र काठमाडौंबीचको खेल १–१ गोलको बराबरी सकिएको हो। 

यससँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्। खेलमा पहिलो अग्रता भने धनगढीले लिएको थियो। खेलको १५औँ मिनेटमा धनगढीका अहमद हिजाजीको गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाए। 

त्यस्तै, खेलको ६६औँ मिनेटमा काठमाडौँले बराबरी गोल गर्यो। काठमाडौँको तोजीदिनोभको क्रसमा किङ्गे ओलिभरले हेडरमार्फत गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेल एक-एक गोलको बराबरीमा सकियो। 

यस खेलसँगै धनगढीले ६ खेलको समाप्तिमा १२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ। काठमाडौँ पाँच खेलमा नौ अङ्कसहित अंक तालिकाको चौथो स्थानमा यथावत् रहेको छ।

Skip This
Skip This
Logo