प्रभु महालक्ष्मी लाइफले १७ प्रतिशत हकप्रद जारी गर्ने

प्रभु महालक्ष्मी लाइफले १७ प्रतिशत हकप्रद जारी गर्ने

केन्द्रबिन्दु
0
Shares

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। पुस १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।

उक्त प्रस्तावको सैद्धान्तीक स्वीकृतिको लागि कम्पनीले नेपाल बीमा प्राधिकरणमा पेश गर्नेछ। प्राधिकरणको स्वीकृत पाएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै कम्पनीले उक्त हकप्रद सेयर निष्काशन गर्नेछ।

कम्पनीले प्राधिकरणले तोकेको न्यूनतम पूँजी ५ अर्ब रुपैयाँ पुर्याउन हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ। १७ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब २ करोड ६३ लाख रुपैयाँ पुग्ने छ।

Skip This
Skip This
Logo