ग्रेट वाल मोटर्सको वीन्टर अफरः दि लक्जरी ड्राईभ र गियर अप फर ग्रेट डिल्स

ग्रेट वाल मोटर्सको वीन्टर अफरः दि लक्जरी ड्राईभ र गियर अप फर ग्रेट डिल्स

केन्द्रबिन्दु
0
Shares

ग्रेटवाल मोटर्सको नेपालका लागि आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले वीन्टर अफर ल्याएको छ । यो सिजनमा यी उत्कृष्ट प्रस्तावहरू लक्जरी ड्राइभको आनन्द लिन चाहने कार उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।

इलेक्ट्रिक कार ओरा ०३ र अन्य गाडीलाई लक्षित गरी ल्याइएको छुट्टाछुट्टै अफर अन्तर्गत ग्राहकले ७ लाख रुपैयाँसम्मको फाइदा लिनसक्ने कम्पनीले जनाएको छ ।

आफ्नो इलेक्ट्रिक कार ओरा ०३ मा कम्पनीले ‘दि लक्जरी ड्राइभ’ अफर ल्याएको छ । उक्त अफरमा ग्राहकले सो कार खरिद गर्दा ३ लाखसम्म फाइदा लिन सक्नेछन् भने ९ लाख ४९ हजार डाउन पेमेन्टमा कार खरिद गर्न सक्नेछन् ।

त्यसैगरी, पेट्रोलियम गाडीलाई लक्षित गरी ल्याइएको ‘गियर अप फर ग्रेट डिल्स’ अफर अन्तर्गत ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, निशूल्क एक्सेसरिज र निःशुल्क बीमा सहित धेरै सुविधाहरू पाउनेछन् । यी सबै सुबिधा सामेल हुँदा ७ लाखसम्मको फाइदा पाइने कम्पनीले जनाएको छ ।

यो विशिष्ट प्याकेजले ग्राहकहरूलाई आकर्षित गर्नुका साथै पर्याप्त बचत र अतिरिक्त सुविधाहरूको मजा लिन सक्नेछन् । चाहे प्रिमियम एसयूभी होस वा विद्युतीय सवारी होस् जि.डब्लु.एम सँग प्राथमिकता र जीवनशैली अनुरूप विभिन्न विकल्पहरू रहेकाे कम्पनीकाे दाबी छ ।

Logo