संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले सबै अस्तित्वको सम्मान गर्न आगह गरेका छन् ।
‘क्रिस्चियन धर्म नमान्ने संविधानविरोधी हुन्, देशद्रोही हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने विवादास्पद अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको बेला मन्त्री किरातीले मुख खोलेका हुन् । उनले अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु रहेको बताएका छन् ।
बहसको लागि सबैलाई धन्यवाद दिएका मन्त्री किरातीले संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गर्न र अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने आफ्नो जोड रहेको बताएका छन्।
उनले भनेका छन्- ' बहशको लागि सबैलाई धन्यवाद ! संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गरौं ! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो, भन्नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्टियनको कार्यक्रममा जाँदा क्रिष्टियन भने, फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।'































प्रतिक्रिया