दरबारको कथामा ‘राजमहल’ निर्माण घोषणा, आँचलको पृथक भूमिका

दरबारको कथामा ‘राजमहल’ निर्माण घोषणा, आँचलको पृथक भूमिका

केन्द्रबिन्दु
0
Shares

दरबारको कथा समेटेर नेपाली चलचित्र 'राजमहल'को निर्माण घोषणा गरिएको छ । बिहीवार काठमाडौमा आयोजित एक कार्यक्रमका बीच चलचित्रमा खेल्ने मुख्य कलाकारहरुको जानकारी दिँदै औपचारिक निर्माण घोषणा गरिएको हो ।

सुरावाती चरणमा 'व्हाइट हाउस' भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा चलचित्रको टाइटल 'राजमहल' राखिएको छ । सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने चलचित्रमा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिँदै छिन् । आँचलको भूमिका के हो र उनको जोडी को हो भन्ने कुरा निर्माण टिमले खुलाउन चाहेन ।

चलचित्रमा रमेश उप्रेती र सलोन बस्नेत पनि मुख्य भूमिकामा खेल्दै छन भने मोडल तथा टिकटकर सिम्रन पन्त र मिस पविले पनि यसै चलचित्र बाट अभिनयमा डेब्यु गर्दै छन् । करिब चार करोड बजेटमा बन्ने भनिएको  चलचित्रको माघ पहिलो साता देखि अष्ट्रेलिया बाट छायांकन सुरु गर्दै न्युजिल्यान्ड सम्म पुगेर केही सिन खिचिने छ भने बाँकी ७० प्रतिशत छायांकन नेपालमा गरिने छ ।

चलचित्रमा सरोज खनाल, मिथिला शर्मा तथा अर्जुन श्रेष्ठ जस्ता चिर परिचत अनुहार सहित, रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी पनि यो चलचित्रका अन्य चारित्रिक भूमिकामा देखिदैछन पुरुषोत्तम प्रधानले खिच्ने चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरिले सङ्गीत भर्ने छन् ।

निर्देशक समेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको राजमहलका मुख्य निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ्ग रहेका छन भने अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युबराज कार्की जोडिएका छन् । त्यसैगरी सह-निर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल र माधव गहतराजले अष्ट्रेलिया तर्फबाट सहकार्य गरेका छन् ।

कार्यक्रममा निर्देशक तोलाङ्गीले चलचित्रको कथालाई न्याय गर्ने गरि आफुले निर्देशन गर्ने प्रतिबद्धता जनाएका छन भने अभिनेत्री आँचलले यो चलचित्रको कथा अनुसार उत्कृष्टता प्रदर्शन गर्न आफु आतुर रहेको बताइन् । 

अभिनेता रमेश उप्रेतीले चाहिँ अहिले नै आफुले ठूलो कुरा नगर्ने चलचित्रको छायांकन सकिएपछि सबिस्तार बोल्ने बताए ।

कार्यक्रममा राजदरबारको प्रसङ्ग निस्किदा नेपालको राज दरबारबार हत्याकाण्डको बिषयमा कलाकारहरुले फरक फरक मत राख्दा रमेश उप्रेतीले भने दरबार हत्याकाण्डमा युबराज दीपेन्द्रको नै भूमिका हुने ठोकुवा समेत गरेका छन् ।

Skip This
Skip This
Logo