काठमाडौं ।
चीन र भारतका सेनाबीच लद्दाखमा भएको भिडन्तमा २० जना भारतिय सैनिकको मृत्यु भएको छ । भारत र चीनको सीमामा भएको भिडन्तमा ४५ वर्षपछि यसरी मानवीय क्षति भएको हो ।
बीबीसीले उल्लेख गरे अनुसार पूर्वी लद्दाखको गलवान क्षेत्रमा सोमबार राति दुवै पक्षबीच झडप भएको थियो । लद्दाख क्षेत्रमा विगत एक महिनादेखि भारतीय र चिनियाँ सैनिकबीच तनाव जारी रहेका बेला भिडन्त भएको हो ।
गलवान चीन र भारतको सीमा रेखाको क्षेत्र हो । यहाँ दुवै पक्षबीच सन् १९७५ देखि तनाब रहे पनि झडपमा भारतीय सेनाको ज्यान गएको यो पहिलो पटक हो । त्यस यता थुप्रै चरणका वार्ता भए तर पनि तनाव भने कायमै रहेको छ ।
दुवै पक्षबीच भएको भिडन्तमा भारतीय एक सैन्य अधिकारी र १९ सैनिक जवानको मृत्यु भएको हो । यद्यपि, दुई देशका सैनिक अधिकारीबीच पछिल्लो अवस्थालाई लिएर वार्ता पनि भइरहेको जानकारी दिइएको छ ।
चीनपक्षको क्षतिका बारेमा कुनै जानकारी आएको छैन । दुवै पक्षले सीमा क्षेत्र नाघेर आफ्नो भूमिमा प्रवेश गरेको आरोप लगाएको छ । यसअघि ३ जना भारतिय सैनिकको मात्र मृत्यु भएको जनाइएको थियो ।





























प्रतिक्रिया