अर्थतन्त्रका स्रोतहरुमा धेरै फेरबदल आइरहेको छः सांसद वाग्ले

अर्थतन्त्रका स्रोतहरुमा धेरै फेरबदल आइरहेको छः सांसद वाग्ले

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा अर्थविद्ध स्वर्णिम वाग्लेले अहिले अर्थतन्त्रका स्रोतहरुमा धेरै फेरबदल आइरहेको बताएका छन्। बिहीबार बिहान वैदेशिक सहायताको प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद वाग्लेले कर्मचारी जलवायु परिवर्तन, नेपालीहरु बाहिर बस्ने प्रवृत्तिका कारण अर्थतन्त्रका स्रोतहरुमा बदलाव आइरहेको बताएका हुन्। 

उनले भने, ‘अहिले अर्थतन्त्रका स्रोतहरुमा पनि धेरै बद्लावहरु आइरहेका छन्। अहिले संरचनागत रुपमा जलवायु परिवर्तनका कुराहरु जोडिने महत्वपूर्ण कुराहरु भइरहेको छ। ठूला  संरचनागत परिवर्तनहरु भइरहेको छ। तीन करोडमा एक करोड नेपालीहरु बाहिर बस्ने जस्तो सारा कुराले गर्दा नयाँ नयाँ विकासका चुनौतीहरु पनि आउन थालेका छन्। त्यतातिर ध्यान दिन जरुरी छ।’

सांसद वाग्लेले ठेकदार, नेता र कर्मचारीको मिलोमतो नियुक्तको किनबेच, नीतिको कब्जा, र पूर्वाधारमा चरम भ्रष्टाचार भइरहेको समेत टिप्पणी गरेका छन्। स्वास्थ्य र शिक्षा जस्तो संवेदनशील कुराहरुमा पनि चरम भ्रष्टाचार भइरहेकाले अर्थतन्त्रका सूचकहरुमा सुधार आउन नसकेको उनको भनाई छ। 

उनले भने,‘नियुक्तिहरु बेचविखन हुने, नीतिगत सेटिङका हिसाबले नियमावली संशोधन गर्ने, कागजात मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेकापट्टाको त कुरै नगरौँ।’ उनले केही नेताहरुले संवैधानिक अंग नै कब्जा गरेर देशलाई चरम भ्रष्टाचारको युगमा पुर्याएको समेत आरोप लगाए।

Skip This
Skip This
Logo