आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

केन्द्रबिन्दु
0
Shares

आज २०८० पुष ७ गते शनिबार। २३ डिसेम्बर २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

घरमा अतिथिको आगमन हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। भूमिबाट लाभ रहला। साथीभाइले पनि सहयोग जुटाउनेछन्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

समय मध्यम रहेको छ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । माया प्रेममा अविश्वास बढ्नसक्छ भने आफन्तसँग पनि मनमुटाव होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आजको यात्रा लाभदायक अनि सफल रहनेछ । विदेश अथवा दूरदराजमा रहेको बसोबास गर्ने व्यक्तिहरूसँग सम्बन्ध सुमधुर रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । स्वास्थ्यमा खर्च पनि बढ्न सक्छ, साझामा भने नयाँ समाचार पाइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन्। आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

लगानीमा रहेको रकम फिर्ता आउनसक्छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला। नियमित खर्चसमेत बढ्ने योग छ। शेयर बजार पनि असफल हुनसक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। घरमा अतिथिको आगमन हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज आँको काम पुरा हुनसक्छ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। शुभारम्भको चर्चा पनि चल्नेछ।

Skip This
Skip This
Logo