रास्वपाका अध्यक्ष रवि लामिछाने पोखरामा

रास्वपाका अध्यक्ष रवि लामिछाने पोखरामा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय अध्यक्ष रवि लामिछाने शनिबार कास्कीका विभिन्न ठाउमा हुने कार्यक्रममा सहभागी हुन पोखरा आउने भएका छन्। 

गण्डकी प्रदेशमा आयोजना भएका विभिन्न कार्यक्रममा सरिक हुँदै शुक्रबार स्याङजाको कार्यक्रममा सरिक भएका लामिछानेले शनिबार विहान ८ बजे पोखराको जिरो किलो मिटरमा पाटीको गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्ने कार्यक्रम तय भएको गण्डकी प्रदेशका प्रवत्ता विकास भुर्तेलले जानकारी दिएका छन्। 

राष्ट्रिय स्वतन्त्र पाटी कास्कीको आयोजनामा शनिबार हुने तिन वटा कार्यक्रम अन्तरगत अपरान्ह्र माछापुच्छ्रे गाउपालिकाको लाहाचोकमा गाउपालिका भेला र दिउँसो दुई बजे अंमरसिह खेल मैदानमा खुल्ला आमसभाको आयोजना गरिएको पाटी स्रोतले जानकारी दिएको छ। यी तिनैवटा कार्यक्रममा पाटीका सभापति रवि लामिछाने लगाएत केन्द्रिय तहका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ। 

Logo