फ्रान्सले किन रोक्यो भारतीय बोकेको चाटर्ड विमान?

फ्रान्सले किन रोक्यो भारतीय बोकेको चाटर्ड विमान?

केन्द्रबिन्दु
0
Shares

मानव तस्करीको आशंकामा फ्रान्सले भारतको चार्टड उडान रोकेर अनुसन्धान थालेको छ। फ्रान्सले निकारागुआका लागि ३०३ भारतीय यात्रु बोकेको चार्टर्ड उडान रोकेर यात्राको अवस्था र उद्देश्यबारे अनुसन्धान सुरु गरेको हो।

विमानबाट मानव तस्करी भएको आशंका गरिएको छ। तर, यस विषयमा अहिलेसम्म भारतीय विदेश मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन। पेरिस सरकारी वकिलको कार्यालयले संगठित अपराधसँग सम्बन्धित एक विशेषज्ञ इकाई, सीमा प्रहरी र उड्डयनसँग सम्बन्धित एजेन्सीले अनुसन्धान गरिरहेको बताएको छ।

उनीहरुले सोधपुछका लागि दुई जनालाई पक्राउ गरेको छ। साथै, विमानका यात्रुसँग पनि सोधपुछ भइरहेको छ। यस सम्बन्धमा कुनै अज्ञात व्यक्तिले जानकारी दिएको बताइएको छ। यो विमान ए–३४०रोमानियाको चार्टर कम्पनी लिजेन्ड एयरलाइन्सको हो।

दुबई (युनाइटेड अरब इमिरेट्स)बाट उडेको उक्त विमान प्राविधिक रोक (इन्फ्युलिङ)का लागि बिहीबार दिउँसो बेट्री विमानस्थलमा अवतरण गरेको थियो। यो एयरपोर्ट पेरिसबाट १५० किलोमिटर पूर्वमा अवस्थित छ र प्रायः कम लागतको एयरलाइन्सका लागि प्रयोग गरिन्छ। प्रहरीले विमानस्थल पूरै घेराबन्दी गरेको छ।

Skip This
Skip This
Logo