नेकपा एसको सचिवालय बैठक बस्दै

नेकपा एसको सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी (नेकपा एस)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ। आज ११ बजेपछि बस्ने गरी स्थगित बैठक पार्टी कार्यालय आलोकनगरमा बस्दैछ। 

पुष २ र ३ गते लगातार दुई दिन बसेको सचिवालय बैठकले पार्टीको महाधिवेशन मिति तय गर्नेदेखि विधान संशोधन मस्यौदामाथि छलफल गर्दै आएको छ। 

महाधिवेशन केन्द्रीत विधान संशोधन, विधि, संरचना लगायतका बारेमा छलफल भइरहेको बताइए पनि सचिवालयले यी विषयलाई टुंग्याउन सकेको छैन। 

आजको बैठकमा पार्टीको तीन सदस्यीय मस्यौदा समितिले पेस गरेको विधानमाथि छलफल जारी रहने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नथ खतिवडाले जानकारी दिए। 

Skip This
Skip This
Logo