नेकपा एसको सचिवालय बैठक जारी

नेकपा एसको सचिवालय बैठक जारी

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी (नेकपा एस)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। 

पुष २ र ३ गते लगातार दुई दिन बसेको सचिवालय बैठकले पार्टीको महाधिवेशन मिति तय गर्नेदेखि विधान संशोधन मस्यौदा माथि छलफल गर्दै आएको छ।

महाधिवेशन केन्द्रीत विधान संशोधन, विधि, संरचनालगायतका बारेमा छलफल भइरहेको बताइए पनि सचिवालयले यी विषयलाई टुंग्याउन सकेको छैन। 

तीन गते बसेको सचिवालय बैठकले पूर्व निर्धारित केन्द्रीय परिषद् बैठक र अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेका थियो। आज बस्ने गरी स्थगित बैठक पार्टी कार्यालय आलोकनगरमा जारी छ। 

Skip This
Skip This
Logo