संघीय कर्मचारी र प्रहरी ऐन विधेयक ल्याएर भए पनि पारित गर्छाैंः कानूनमन्त्री गुरुङ

संघीय कर्मचारी र प्रहरी ऐन विधेयक ल्याएर भए पनि पारित गर्छाैंः कानूनमन्त्री गुरुङ

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलेले अब बस्ने संसदबाट संघीय कर्मचारी ऐन र संघीय प्रहरी ऐन पारित गर्ने प्रतिबद्धता जनाएका छन् । 

कांग्रेस बागमती प्रदेश पहिलो सम्मेलनमा उनले चाँडै संसद् बस्यो भने संसदबाट नभए विधेयक ल्याएर भएपनि ऐन ल्याउने बताएका हुन् । 

‘हामीले महत्वपूर्ण ऐनहरु, कानूनहरु जस्तै शिक्षा विधेयक जुन संघीयताको कार्यान्वयनको एउटा पाटो हो । त्यो संसदको मिनि संसदमा विचराधिन छ । त्यस्तै गरेर संघीय कर्मचारी ऐन र संघीय प्रहरी ऐन पनि यसको अर्को पाटो हो ।’ उनले भने ‘हामी छिटै संसद बस्ने भयो भने संसद बाटै यी विधेयकहरु पारित गरेर ल्याउने, कार्यान्वयन गर्ने गरौला तर ससद ढिला हुने भयो भने कानून लिएर अर्को बाटो पनि अबलम्बन गर्न सक्छौ । महत्वपूर्ण ऐनहरु ल्याउने हो कार्यान्वयन पनि गर्ने हो ।’ 

उनले कांग्रेसभित्रै सरकारका सहभागी भएर पनि महत्वपूर्ण काम गर्न नसकेको गुनासो हुने गरेको भन्दै त्यसलाई ठाडै अस्विकार गरे । ‘पार्टी सुदृढिकरणको विषयमा अहिले हामी सरकारमा पनि छौ । सरकारमा हुदाँ काङ्ग्रेसका नेताले केही पनि गरेन्न भन्ने कुराहरु उठेका छन् । तर काङ्ग्रेस सरकारमा गएपछि र अर्थमन्त्रालय पनि काङ्ग्रेसको जिम्मेवारीमा आएपछि अर्थतन्त्र सुदृढिकरणको बाटो तर्फ गएको छ ।’ उनले भने ।

सरकारले राम्रो काम गर्दा गर्दै पनि अनावश्यक टिप्पणी हुने गरेको उनको गुनासो छ । ‘कसौडीमा भात भए मात्रै दिन सकिन्छ, खाली कसौडीले आवाज मात्रै गर्छ यो कुरालाई बुझ्न जरुरी हुन्छ । हामीले खाली कसौडीलाई विस्तारै भर्न तर्फ लागि रहेका छौ ।’ उनले भने ‘यो कुरालाई मनन गर्ने कि नगर्ने, त्यसकारण आग्रह गर्न चाहन्छु केही पनि भएन भन्ने मानसिकता होइन्, हाम्रो नेतृत्वमा गर्छौ अगाडि बढ्छौँ र सरकारले सुशासन दिएर अगाडि बढ्छ भन्ने कुरामा हामीले विशेष तरिकाबाट एकमत भएर अघि बढ्नु पर्छ । तब मात्रै पार्टी सुदृढिकरणको बाटोमा अगाडि बढ्ने छ ।’

Skip This
Skip This
Logo