झापाको शरणार्थी शिविरमा आगलागी, तीन घर जलेर नष्ट

झापाको शरणार्थी शिविरमा आगलागी, तीन घर जलेर नष्ट

केन्द्रबिन्दु
0
Shares

झापाको दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ । 

आइतबार बिहान भएको आगलागीबाट तीन घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । बिहान ३ बजे शरणार्थी शिविर सेक्टर सी फोर, छाप्रा नं ५३५ बस्ने भिमबहादुर घिमिरेको घरमा आगलागी भएको थियो । 

बाँसको टाटी बेरा र टिनको छानो भएको घरमा अचानक विद्युत सर्ट भइ आगलागी भएको झापा प्रहरीले जनाएको छ । 

आगलागीबाट ३ वटा घर, घरभित्र रहेका लताकपडा, भाडावर्तन, अन्नपात, काठपातसमेत जलेर नष्ट हुँदा अन्दाजी ५ पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

सो आगो दमक नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयबासी मिलेर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले झापाले जानकारी दिएको छ ।

Skip This
Skip This
Logo