सुन तस्करीमा मिनबहादुर घलेको समूह नै संलग्न रहेको छानविन समितिको निष्कर्ष

सुन तस्करीमा मिनबहादुर घलेको समूह नै संलग्न रहेको छानविन समितिको निष्कर्ष

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरण छानविन समितिले तस्करीमा मिनबहादुर घले समूहकै संलग्नता रहेको निष्कर्ष निकालेको छ । 

आइतबार पत्रकार सम्मेलन गरी १४ किलो सुनबारे छानविन गर्न गठित समितिले तस्करी प्रकरणको प्रतिवेदन बुझाउँदै सो समूहले पटकपटक गरी १ सय ३८ किलो सुन भित्र्याएको ठहर गरेको हो । 

पत्रकार सम्मेलनमा समिति संयोजक मनिराम पौडेलले मीनबहादुर घले र उनको समूह नै सुन तस्करीमा संलग्न रहेको निष्कर्ष निकालिएको जानकारी दिए । उनले भने, ‘मिन बहादुर घलेले दुबईमा तथाकथित अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको देखियो ।  मिन बहादुर घले स्वयंम तथा चन्द्र घले र कृष्ण कुमार श्रेष्ठ समेतले पटक–पटक दुबईबाट सुन लिई आउने गरेको अनुसन्धानबाट खुल्न आयो । घलेले एयरपोर्टको सेटिङ् मिलाउन डि.वी. भन्ने दन बहादुर गुरुङ्गलाई प्रयोग गरेको देखिन आयो ।’

विमानस्थलबाट सेटिङ गरी तस्करी गर्ने क्रममा पछिल्लोपटक चन्द्र घलेले ल्याएको १४ केजी सुन पक्राउ परेको पाइएको उनको भनाई छ । घलेले गत बिहीबार राति छातीमा लुकाएर कपडाले बेरेर बिस्कुटजस्तो आकारको सुन ल्याएका थिए । उनलाई विमानबाटै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो । 

Skip This
Skip This
Logo