बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि वीपी राजमार्ग अवरुद्ध

बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि वीपी राजमार्ग अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएपछि वीपी राजमार्ग अवरुद्ध गरिएको छ। 

सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारमा बा. प्र. ०१-००६ ख ४५९३ नम्बरको बस बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएपछि स्थानीयले सो सडकखण्डमा पर्ने वीपी राजमार्ग अवरुद्ध गरेका हुन्। 

बसको ठक्करबाट मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका-१३ बस्ने २४ वर्षीय रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका-१० बस्ने १८ वर्षीया मुनाकला राईको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध परेका हुन्। 

स्थानीयले सडक अवरुद्ध पारेपछि सो सडकखण्ड भएर यात्रारत सयौँ यात्रु अलपत्र परेका छन्। बस र चालकलाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ।

Skip This
Skip This
Logo