शरणार्थी प्रकरणः टेकनाथ रिजालले अदालतमा बुझाए १५ लाख धरौटी

शरणार्थी प्रकरणः टेकनाथ रिजालले अदालतमा बुझाए १५ लाख धरौटी

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले धरौटी बुझाएका छन्। 

गत मंसिर १५ गते उच्च अदालत पाटनले १५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएपनि धरौटी बुझाउन नसकेपछि उनी कारागारमै बस्दै आएका थिए। आइतबार जिल्ला अदालत काठमाडौंमा पुगेर उनले १५ लाख धरौटी बुझाएका हुन् । 

सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले अब रिजाल बुधबार मात्रै छुट्ने केन्द्रीय कारागार जगन्नाथदेवलका जेलर ललित बस्नेतले जानकारी दिए। 

Logo