काठमाडौं ।
पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुका लागि सरकारले निःशुल्क १ करोडको बीमा गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसले सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
७७ वटै जिल्ला कार्यसमितिहरुले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुको निःशुल्क बीमा गर्न माग गरिएको हो । कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिइरहेका स्वास्थ्यकर्मी, सरक्षाकर्मी र संचारकर्मीहरुको सरकारले प्रतिव्यक्ति एक करोडको बीमा गर्न माग गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति सभापति सबुज बानियाँले सरकार जनसरोकारका समस्या सम्बोधन गर्न असफल भएको बताए । सरकार भ्रष्टाचारमा लिप्त भएको, महामारीको समयमा आफ्ना कार्यकर्ता पाल्न सिमित भएको र जनताहरुको समस्या सम्बोधन गर्ने गरी अगाडी नबढेकाले प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको बताए ।
काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले सरकारले १० अर्ब खर्च गरेको सार्वजनिक भइरहँदा महानगरपालिकालाई एक रुपैयाँ पनि प्राप्त नभएको बताइन् । महानगरपालिकाले छुट्याएको १० करोडबाट अहिले प्रत्येक वडाहरुमा राहत वितरणका काम भइरहेको उनले बताइन् ।
कांग्रेस जिल्ला कार्यसमितिले राहत न्यायपूर्ण ढंगबाट वितरण गर्नुपर्ने, शैक्षिक संस्था, औद्योगिक क्षेत्र, होटल व्यवसाय, सम्पूर्ण आर्थिक क्षेत्रको पुनरुत्थानको लागि विशेष कार्ययोजनासहित राहत प्याकेज घोषणा गर्नुपर्ने माग पनि गरेको छ । क्वारेन्टाइनको सुधार गर्नुपर्ने र पीसीआर परीक्षण बढाउनुपर्ने माग पनि कांग्रेसले गरेको ।































प्रतिक्रिया