नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ। हिजोदेखी सुरु भएको केन्द्रिय समिति बैठकमा १५ जनाले विद्यान संसोधनका बारेमा आ-आफ्नो धारणा राखेका थिए, जुन क्रम आज पनि जारी रहनेछ।
आजको बैठक बिहान ११ः०० बजेदेखी सुरु हुनेछ। हिजोको बैठकमा केन्द्रिय सदस्यहरु महेश रेग्मी, धर्म निरौला प्रेमल खनाल, प्रतापलाल श्रेष्ठ, भगवती नेपाल, कुमारी तामाङ, शेरबहादुर केसी, गणेश विक, उर्वादत्त पन्त, लोकबहहादुर डागी, धनप्रसाद गौतमलगायतले आ आफनो धारणा राखिसकेका छन्।
विद्यानमाथी ११ वटा प्रश्नावली बनाईएको र प्रत्येक सदस्यलाई सो विद्यानमाथी टिप्पणी गर्नका लागि ३-३ मिनेटको समय छुट्याएको छ। आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले आ-आफ्नो धारणा राख्नेछन्।































प्रतिक्रिया