सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको आज फैसाला हुने सम्भावना रहेको छ। जिल्ला अदालत काठमाडौँमा हिजोदेखी पुनः सुरु भएको सुनुवाइ नसकिएपछि सो क्रम सकिएमा आजै फैसला हुने सम्भावना बढेको छ।
बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई बिहीबारसम्मका लागि हेर्दाहेर्दैमा राखेको लामिछाने विरुद्धको मुद्दामा सम्भवतः आज फैसला हुने सक्ने आंकलन गरिएको छ।
हिजोको सुनुवाइमा वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए। बिहीबार ३ बजेसम्म बहस सक्ने तयारी भएको र त्यसपछि वादीका तर्फबाट जवाफी बहस सकाएर बिहीबार नै फैसला हुन सक्ने अनुमान गरिएको छ।































प्रतिक्रिया