एनएसएलः ललितपुर फाइनल

एनएसएलः ललितपुर फाइनल

केन्द्रबिन्दु
0
Shares

ललितपुर सिटी एफसीले काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) फाइनल खेल्ने भएको छ। 

दशरथ रंगशालामा बिहीबार भएको दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सलाई २-१ गोल अन्तरले पराजित गर्दै ललितपुरले फाइनलमा धनगढी एफसीसँगको भिडन्त पक्का गरेको हो। 

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा रहेको थियो। खेलको निर्णायक गोल सब्स्टिच्युट कुशल देउवाले ९९औँ मिनेटमा गरे। ललितपुरले प्रतियोगिताको फाइनल खेल्न लागेको यो पहिलोपल्ट हो। 

पोखराले ललितपुर १० खेलाडीमा सीमित रहेको स्थितिको फाइदा उठाउन सकेन्। ललितपुर ३४ औँ मिनेटमा निखिल सुरेशराव कदमलाई गुमाएको हो। धनगढी पहिलो क्वालिफायर जितेर सिँधै फाइनल पुगेको थियो। धनगढीले पहिलो क्वालिफायरमा पोखरालाई हराएको थियो। 

ललितपुरले भने इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई पराजित गरेको थियो। लिग चरणमा शीर्ष स्थानमा रहेर पनि प्ले अफमा पोखराको प्रदर्शनलाई भाग्यले साथ दिएन्। ललितपुर भने प्ले अफका दुई खेल लगातार जित्न सफल रह्यो। फाइनल शनिबार हुनेछ।

Skip This
Skip This
Logo