काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३९ हजार ६१ पुगेको छ । यस संक्रमणबाट विश्वभर ८१ लाख १२ हजार ९३३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
प्राप्त समाचार अनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४२ लाख १३ हजार २८४ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३४ लाख ६० हजार ५८८ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ४६० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख ७० हजार जना कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १८ हजार वढी व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १४ लाख २६ हजार ३८७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६० हजार ४८४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २४ लाख ८६ हजार ४८३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४५ हजार ७७२ जनाको मृत्यु भएको छ ।
युरोपमा २२ लाख ६ हजार ५११ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८२ हजार ८८१ को मृत्यु भएको छ । एसियामा १६ लाख २२ हजार ७९९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४० हजार ३५१ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख ४५ हजार ७६२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६ हजार ५५४ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९४६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ६ हजार २११ जना संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या १९ रहेको छ । निको हुनेको संख्या १ हजार ४१ छ । छिमेकी भारतमा पनि संक्रमितको संख्या उच्च दरमा बढीरहेको छ ।





























प्रतिक्रिया