बालकुमारी घटनामा छानबिन समिति बनाउने र प्रतिवेदन घर्रामा थन्क्याउने गल्ती नहोस्ः अध्यक्ष ओली

बालकुमारी घटनामा छानबिन समिति बनाउने र प्रतिवेदन घर्रामा थन्क्याउने गल्ती नहोस्ः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा छानबिन समिति बनाउने र छानबिनको प्रतिवेदन घर्रामा थन्क्याउने गल्ती नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा शुक्रबार विरोध प्रदर्शन गर्न पुगेका दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र शाहको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । त्यसपछि अध्यक्ष ओलीले आज हत्याबाट आहत परिवारका अन्य सदस्यलाई सरकारले रोजगारी र राहत दिनुपर्ने बताएका हुन् । साथै उनले छानबिन समिति बनाउने र छानबिनको प्रतिवेदन घर्रामा थन्क्याउने गल्ती नगर्न पनि ध्यानाकर्षण गराएका छन् । 

उनले भनेका छन्, ‘बालकुमारी घटनामा ज्यान गुमाएका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको परिवारजनका पीडाका खबर पढेर मन बेचैन भइरहेको छ । छोरा सुजनको अनायास हत्यापछि उनकी विधवा आमाको अवस्थाले मन पोल्छ । कोरिया जाने तयारीमा रहेका सन्तानको हत्याबाट आहत परिवारका अन्य सदस्यलाई सरकारले रोजगारी र राहत दिनुपर्छ। छानबिन समिति बनाउने र छानबिनको प्रतिवेदन घर्रामा थन्क्याउने गल्ती नहोस्।’ 

Skip This
Skip This
Logo