चाडपर्वले सामाजिक सद्भाव बढाएकाे छः सभापति देउवा

चाडपर्वले सामाजिक सद्भाव बढाएकाे छः सभापति देउवा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा मनाइने विविध चाडपर्वले सामाजिक सद्भाव बढाउन मद्दत पुर्याउँदै आएकाे बताएका छन्।

आइतबार तमु ल्होसारका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले तमु ल्होसारले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताएका हुन्। 

‘तमु जातिको नयाँ वर्षकोरुपमा मनाइने ल्होसारले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको छ। यो पर्वले नेपाली समाजमा सद्भावना बढाउदै आएको छ,’ देउवाले विज्ञप्तिमार्फत् भनेका छन्। 

उनले ल्होसारले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन समेत सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

Skip This
Skip This
Logo