प्राधिकरणले उद्योगीहरुलाई अपराधीसरह व्यवहार गरेको अध्यक्ष अग्रवालको गुनासो

प्राधिकरणले उद्योगीहरुलाई अपराधीसरह व्यवहार गरेको अध्यक्ष अग्रवालको गुनासो

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले नेपाल विद्युत प्राधिकरणले उद्योगी व्यवसायीलाई अपराधीसरह व्यवहार गरेको गुनासो पोखेका छन् । 

प्राधिकरणले लगातार उद्योगहरुको विजुली लाइन काट्न थालेपछि आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अग्रवालले प्राधिकरणले प्रमाण पेश गरे महशुस तिर्न समस्या नभएको तर, प्रमाण नै नदिइ लाइन काटेर अपराधीलाई गर्ने व्यवहार गरिएको बताएका हुन् । देशमा उद्योग चलाएर रोजगारी सिर्जना गरिरहेका माथि ठूलो अन्याय भएको उनको भनाई छ । 

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उद्योगहरुले नतिरेको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निर्देशनमा प्राधिकरणले केहीदिन यता लगातार उद्योगहरुको विद्युत लाइन काटिरहेको छ । 

Skip This
Skip This
Logo