काँग्रेसले आज मेलमिलाप दिवस मनाउँदै

काँग्रेसले आज मेलमिलाप दिवस मनाउँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ। 

लोकतन्त्र प्राप्तिका लागि पटक पटक आन्दोलनमा योगदान गरेका वृहत शान्ति सम्झौताका पक्षधर, विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिमा ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन लागेको हो।

नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार दिउँसाे १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त कार्यक्रम आयोजना हुनेछ।

काँग्रेसका संस्थापक नेता विपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप लिएर स्वदेश फर्केको दिनलाई काँग्रेसले 'राष्ट्रिय एकता तथा मेलमिलाप' दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ।

Logo