रुकुम घटना  : दुई जनालाई पुर्पक्षका लागि बालसुधारगृह पठाउन आदेश

रुकुम घटना  : दुई जनालाई पुर्पक्षका लागि बालसुधारगृह पठाउन आदेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गत जेठ १० गतेको सोती घटनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुतको कसुरमा मुद्दा लागेका दुई नाबालकलाई बालसुधारगृहमा पठाउन रुकुम अदालतले आदेश दिएको छ ।

सोमबार भएको प्रतिवादीको बयान र थुनछेक बहसपछि जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले दुई बालबालिकालाई मुद्दा पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन भनेको छ ।

बालबालिका सम्बन्धी ऐन २०५५ को दफा २४ (२) बमोजिम दुवै प्रतिवादीलाई मुद्दा पुर्पक्षका लागि नजीकको बालसुधारगृहमा पठाउन आदेश भएको रुकुम अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए।रासस

Skip This
Skip This
Logo