बालकुमारी घटनामा दुई मन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन

बालकुमारी घटनामा दुई मन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन

केन्द्रबिन्दु
0
Shares

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पुष १३ गते शुक्रबार बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा मृत्यु भएका दुई युवाको परिवारलाई रोजगारी र थप क्षतिपूर्ती दिन सरकारलाई निर्देशन दिएको छ ।

साथै समितिले उक्त घटनामा दुई मन्त्रीको भूमिकाबारे छानबिन गर्न पनि निर्देशन दिएको छ । 

समितिको निणर्य सुनाउँदै सभापति रामहरी खतिवडाले भने,‘उक्त घटना घट्न श्रम रोजगार तथा सामाजिक मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय/मन्त्रीको भूमिकाबारेमा समेत छानबिन गर्न निर्देशन दिने ।’

समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, श्रम रोजगार मन्त्रालय, भौतिक पूर्वाधार यातायात मन्त्रालयलाई घटनाका सम्बन्धित साना कर्मचारीहरु मात्रै निलम्वन गर्ने र अरु उम्किने अवस्था सिर्जना हुन नदिन समस्याको न्यायोचित समाधान गर्न पनि निर्देशन दिएको छ ।

सभापति रामहरि खतिवडाको अध्यक्षतामा बसेको बैठकमा यस बिषयमा सांसदहरुले चिन्ता जनाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए । यस प्रकारको घटना अब नहोस् भनि सम्बन्धित सबै पक्ष सजक रहन नेपाल सरकार, प्रधानमन्त्री, मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिन सांसदहरुले माग गरेका थिए । बैठकले सुरक्षा निकायलाई पर्याप्त मात्रामा आवश्यक स्रोत साधन उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको उपस्थिति थियो ।

प्रदर्शनका क्रममा शुक्रबार अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का सुजन राउतको मृत्यु भएको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार सवारीमा आगजनी गरेका थिए । सरकारले सो घटनाको निष्पक्ष र वस्तुगत अनुसन्धान गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

Skip This
Skip This
Logo