सभामुख देवराज घिमिरेले जनमत पार्टीका अध्यक्ष सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान पक्राउबारे चासो राखेका छन् ।
सोमबार ‘राष्ट्रिय धोती दिवस’भन्दै निकालिएको र्याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न खोजेपछि अध्यक्ष राउतसहित मन्त्री देवी, खानसहित ५३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियाे । संसदीय दलका नेता, सांसद तथा संसदीय समिति सभापति पक्राउ परेपछि सभामुख घिमिरेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख वसन्तबहादुर कुँवरबाट जानकारी लिएका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
उनका अनुसार सभामुख घिमिरेसँगको फोन सम्पर्कमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले हिरासतमै गएर प्रहरी नियन्त्रणमा रहेका सांसदहरुलाई छुटाउने बताए । लगत्तै भृकुटीमण्डप पुगेर गृहमन्त्रीले सांसदहरु छुटेको जानकारी दिएका थिए भने प्रहरी महानिरीक्षक कुँवरले घटनाबारे जानकारी गराएका थिए ।































प्रतिक्रिया