बंगलादेशः नोबेल पुरस्कार विजेता युनुसलाई ६ महिना जेल सजाय

बंगलादेशः नोबेल पुरस्कार विजेता युनुसलाई ६ महिना जेल सजाय

केन्द्रबिन्दु
0
Shares

बंगलादेशका नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा.मुहम्मद युनुसलाई ६ महिनाको जेल सजाय सुनाइएको छ। बंगलादेशको श्रम कानून उल्लंघन गरेको अभियोगमा सोमबार अदालतले उनलाई जेल सजाय सुनाएको हो। 

युनुसका समर्थकहरूले जनवरी ७ मा हुन लागेको आम निर्वाचनअघि यो घटनालाई राजनीतिक रूपमा प्रेरित भएको बताएका छन्। श्रम अदालतका न्यायाधीश शेख मरिना सुल्तानाले फैसला सुनाउँदै श्रम कानून उल्लङ्घन गरेको आरोप प्रमाणित भएको बताइन्। 

न्यायाधीशले युनुस सहित अरु ३ जनालाई ग्रामीण टेलिकम कामका क्रममा कानून उल्लंघन गरेको अभियोगमा ६ महिनाको साधारण जेल सजाय भोग्नुपर्ने छ। फैसला सुनाउँदा ८३ वर्षीय युनुस अदालतमा उपस्थित थिए। 

न्यायाधीशले उनीहरुलाई जनही २५ हजार टाका जरिवाना तिर्नुका साथै थप १० दिन जेलमा बस्नु पर्ने बताए। फैसला लगत्तै युनुस र अन्य तीन जनाले जमानतका लागि निवेदन दिएका थिए। 

न्यायाधीशले उनलाई ५ हजार रुपैयाँ धरौटीमा एक महिनाको जमानतमा अनुमति पनि दिएका छन्। कानूनअनुसार युनुस र अन्य तीन जनाले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न सक्छन्। उनले सन् २००६ मा नोबेल पुरस्कार पाएका थिए।

Logo