जलवायु परिवर्तनसम्बन्धी मुद्दामा सर्वोच्चद्वारा सरकारसँग जवाफ माग

जलवायु परिवर्तनसम्बन्धी मुद्दामा सर्वोच्चद्वारा सरकारसँग जवाफ माग

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदादतले जलवायु परिवर्तनसम्बन्धी कानून बनाउन दिएको परमादेश बमोजिम हालसम्म कानून नबनाएको जिकिर गर्दै दायर गरेको अदालतमा अवहेलनासम्बन्धी मुद्दामा सरकारसँग लिखित जवाफ माग गरेको छ । 
 
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज जलवायु परिर्वतनसम्बन्धी कानुन किन नबनाएको भन्ने विषयमा सरकारसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको हो । अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतले २०७५ पुस १० गते दिएको परमादेशअनुसार सरकारले अहिलेसम्म पनि कानुन नबनाएको उल्लेख गर्दै यही पुस ५ गते अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए ।
 
जलवायु परिवर्तनलाई अनुकुलन तथा न्यूनिकरण गर्ने सन्दर्भमा छुट्टै कानुन निर्माण गरी समस्याको सम्बोधन हुन जरुरी भएकाले जलवायु परिवर्तनसम्बन्धी एकीकृत कानुन यथासीध्र निर्माण गरी लागू गर्नु गराउनु भन्ने अदालतको आदेशमा उल्लेख छ । 

Skip This
Skip This
Logo