नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिट्यान्स साक्षरतासम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।
गत मंसिरबाट सातै प्रदेशमा सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेशअन्तर्गतका व्यवसायिक साझेदारहरुको उत्साहपूर्वक उपस्थित रहेको थियो । उक्त साक्षरतासम्बन्धि कार्यक्रममा सुरक्षित माध्यमबाट रेमिटेन्स र यसको प्रयोग बिषयमा केन्द्रित रहेर रेमिट्यान्समार्फत प्राप्त भएको रकम सुरक्षित रूपमा कसरी हस्तान्तरण गर्ने, रेमिट्यान्स गरी रकम पठाउने तथा प्राप्त गर्ने ग्राहकले विशेषगरी के कुरामा ध्यान पुर्याउने तथा रेमिट्यान्सको डिजिटल प्रयाेगसम्बन्धि विषयमा रहेर प्रशिक्षण सम्पन्न गरिएको हो ।
आफ्नो स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरु तथा स्वदेशमै दु:ख गरी कमाएको रकमको सुरक्षाको उद्देश्यका साथ सो कार्यक्रम सम्पन्न गरिएको हो ।





























प्रतिक्रिया