गुन्डोगनको पेनाल्टीमा बार्सिलोना विजयी

गुन्डोगनको पेनाल्टीमा बार्सिलोना विजयी

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला-लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ। बिहीबार राति भएको खेलमा लास पाल्मासमाथि बार्सिलोनाले २–१ गोलको पुनरागमन जित निकालेको हो।

१ गोलले पछि परेको अवस्थानमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गरेको थियो। १२ औँ मिनेटमा मुनिर अल हद्दादी मोहमदले स्यान्ड्रो रमिरेज क्यासिलोको पासमा गोल गर्दै लस पालमसलाई सुरुआती अग्रता दिलाए।

तर, ५५ औं मिनेटमा सर्जि रोबर्टोको पासमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई एक–एक गोलको बराबरीमा ल्याए। दोस्रो हाफको अतिरिक्त सयमा डेली सिंकग्रेवेनले गुन्डोगनलाई फल गरेपछि रातो कार्ड पाउँदै मैदान छाडेका थिए।

सोही फलका कारण पाएको पेनाल्टीलाई गुन्डोगनले गोलमा परिणत गर्दै बर्सिलोनालाई २-१ जित दिलाए। बार्सिलोना जितपछि ४१ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने लस पाल्मास २५ अंकका साथ १० औँ स्थानमा छ।

शीर्ष २ स्थानमा रहेका रियल मड्रिड र जिरोनाको समान ४८ अंक रहेको छ। ला-लिगा अन्तर्गत एथ्लेटिको विलबाओले सेभिल्लालाई २-० गोल अन्तरले पराजित गर्दा ओसासुनाले अल्मेरियामाथि १-० को जित दर्ता गरेको छ।

Skip This
Skip This
Logo