नाडाको ४७औं साधारण सभा सम्पन्न, करण चौधरीको नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन

नाडाको ४७औं साधारण सभा सम्पन्न, करण चौधरीको नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन

केन्द्रबिन्दु
0
Shares

नेपालका अटो व्यवसायीहरुको साझा संगठन नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको ४७औं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार नाडाको ४७औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको हो ।

व्यवसायी करण चोधरीको नेतृत्वमा नाडाको केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । चौधरी नाडाको हालसम्मकै सबैभन्दा कम उमेरका युवा अध्यक्ष भएका छन् । अटोमोबाइल्स क्षेत्रमा परिचित चौधरी सीजी होल्डिङ्सका कार्यकारी निर्देशक हुन् । सीजी होल्डिङ्सअन्तर्गत सुजुकी चार पांग्रे सवारी चौधरी स्वयंले नेतृत्व गरेको कम्पनी हो भने उनी गल्फ लुब्रिकेंन्टको वितरक तथा उत्पादक कम्पनी नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक पनि हुन् । 

अध्यक्ष करण चौधरीसहित १७ जना केन्द्रीय समिति सदस्य सर्वसम्मत चयन भएका हुन् । सदस्यमा राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती, निराकार श्रेष्ठ, आकाश गोल्छा, सुनिल रिजाल, मिलनबाबु मल्ल सर्वसम्मत चयन भएका छन् । यसैगरी, दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी पनि सर्वसम्मत भएका छन् ।

नाडाको संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ चयन भएका छन् । त्यस्तै लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएउसनको तर्फबाट पुष्कर राज ओझा निर्विरोध निर्वाचित भएका छन् ।

कार्यक्रममा मुख्य अतिथिका रुपमा उपस्थित अर्थमन्त्री अर्थ मन्त्री डा. प्रकाशशरण महतले सवारीसाधनतर्फ थोरै भए पनि भ्यालु एडिसनको काम भइरहेको बताएका छन् । उनले अटो मोवाइल इण्डस्ट्रिजमा टायरलगायत अन्य एसोसरिजलगायत आवश्यक वस्तुहरुमा विस्तारै नेपालले उत्पादन गर्न सुरु गरेको बिषयलाई खुशीको रुपमा लिएका छन् । सडक नभएको अवस्थामा गाडी किन्ने भन्ने जो कोहिले किन्ने भन्ने कुरै नभएको बताउदै अर्थमन्त्री महतले गाडी किन्ने हैसियत भएका धनाढय हुने खानेले नै गाडी आयात गर्दै आएको जानकारी दिए । 

अर्थमन्त्री महतले डेडिकेटेड र ट्रंकलाइन विवाद सरकारले चाँडै टुंग्याउने पनि बताएका छन् । उनले विद्युत् लाइन काट्ने कुराले धेरै उद्योग, व्यवसाय प्रभावित भएको गुनासो आइरहेकाले यसको चाँडै समाधान निकाल्ने बताए ।  

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायी र नेपाल विद्युत प्राधिकरण बीचको विवाद समाधानका लागि न्यायिक आयोग बनाउन माग गरेका छन् । उनले उद्योगी व्यवसायी र नेपाल विद्युत प्राधिकरण बीचको डेडिकेटेड र ट्रंक लाइनबीचको विवाद समाधान तत्काल नगरे उद्योग व्यवसायमा ठूलो असर पर्ने बताए ।  

यस्तै, नाडाकाे अध्यक्षमा चयन भएपछि करण चौधरीले भने, ‘सम्पूर्ण अटो सेक्टर अहिले निराशाजनक अवस्थामा छ, हामी सबै मिलेर कसरी यसलाई माथि ल्याउने ? त्यो पहिलो प्राथमिकता हुनेछ । नेपालभर रहेका सम्पूर्ण कर्मठ अटो र अटोसम्बन्धी व्यवसायीको आवाजलाई अझै सशक्त बनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने छौं । सानो भन्दा सानो विषयलाई ठुलो रुपमा अगाडि बढाउने छु ।’  

Skip This
Skip This
Logo